Logo

सरकारकै कारण देशमा भ्रष्टाचार मौलायो : सिंह



काठमाडौं, १० भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारकै कारण मुलुकमा भ्रष्टाचार मौलाएको आरोप लगाएका छन् । उनले सरकारको अलोकप्रियताका कारण जनतामा वितृष्णा बढ्दै गएको पनि टिप्पणी गरे । उनले भने,‘भ्रष्टाचार नियन्त्रण भाषणमा मात्र सिमित भयो, वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ ।’

नेपाली महिला आन्दोलनकी अग्रणी नेतृ तथा नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको २३ औं स्मृति दिवसको अवसरमा आज काठमाडौको शोभा भगवतीमा रहेको शालिकमा माल्यापर्ण गर्दे उनले सरकारका काम जनबिरोधि भएकाले सरकारप्रति वितृष्णा बढ्दै गएको बताएका हुन् ।

सिंहले आफ्नो पार्टीले संसदमा शशक्त भूमिका निर्वाह गरिरहेको पनि विश्वास दिलाए । उनले सरकारले गरेका गलत कामको काँग्रेसले संसदीय मर्यादामा रहेर प्रतिवाद गरेको स्पष्ट पारे । सिंहले मंगलादेवी सिंहले नेपाली महिला आन्दोलनमा पुर्‍याएको योगदानको चर्चा गरे ।

सिंहले मंगलादेवी सिंहको योगदान र उनले देखाएको बाटोबाटै नेपाली महिला आन्दोलन सफल भएको दावी गरे । कार्यक्रममा शोभा भगवतीमा रहेको लौह पुरुष गणेशमान सिंह र मंगलादेवी सिंहको प्रतिमामा माल्यार्पण गरिएको थियो ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्