Logo

स्थायी र केन्द्रिय समिति बैठक डाक्दै प्रचण्ड



काठमाडौं, १० भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीभित्र सक्रिय भएका छन् ।
अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली उपचारको लागि यतिवेला सिंगापुरमा छन् । उनको अनुपस्थितिमा पार्टीबारे निर्णय लिन प्रचण्डलाई बैठकको अध्यक्षता गर्ने अधिकार प्रत्योजित गरिएको छ । सोहीअनुसार अध्यक्ष प्रचण्डले हिजो (सोमबार) मात्रै सचिवालय बैठक डाकेर महत्वपूर्ण निर्णयहरु गरेका थिए ।

केन्द्रिय सदस्यहरु मनोनितदेखि नेताहरुको जिम्मेवारी हरेफेरसमेतको निर्णय हिजोको सचिवालय बैठकले गरेको थियो । त्यतिमात्रै होईन, सोमबारको सचिवालय बैठकले नेता र पार्टीको बारेमा जथाभावी नबोल्नसमेत सचेत गराएको छ ।

प्रचण्डको ध्यान अब स्थायी समिति बैठक डाक्नेतर्फ रहेको छ । लामो समयदेखि स्थायी समितिको बैठक बस्ने सकेको छैन् । त्यसपछि उनले केन्द्रिय कार्यसमिति बैठक बोलाउने र नेताहरुको जिम्मेवारी बाँडफाँड गराउने तयारी गरेको स्रोतको दाबी छ ।

पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल यतिवेला माल्दिम्भसमा छन् । उनी फर्किएलगत्तै पूनः सचिवालय बैठक डाक्ने र त्यसपछि क्रमशः स्थायी र केन्द्रिय समितिको बैठक बोालउने भन्दै अध्यक्ष प्रचण्डले गृहकार्य थालिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्