Logo

बाबुराम-उपेन्द्रबीच द्वन्द्व सुरु, यस्तो छ विवाद



काठमाडौं, १० भदौ । सत्तारुढ दल समाजवादी पार्टीभित्र अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच द्वन्द्व सुरु भएको छ । पार्टी एकतासँगै सरकारमा रहने कि नरहने भन्नेबारे उनीहरुबीच विवाद सुरु भएको थियो ।

समाजवादी पार्टीनिकट उच्च स्रोतले दिएको जानकारीअनुसार उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादव भने कुनैपनि हालतमा अहिले सरकारबाट बाहिरिने पक्षमा छैनन् ।

तर, बाबुरामले भने तत्काल पार्टी सरकारबाट बाहिरिनुपर्ने दबाब दिँदै आएका छन् । स्रोतले भन्यो,‘संविधान संशोधन प्रस्ताव अघि नबढाएपनि उपेन्द्रजी तत्काल सरकारबाट बाहिरिने पक्षमा हुनुहुन्न, उहाँ सरकारले संविधान संशोधन प्रस्ताव अघि बढाउनेमा पूर्ण विश्वस्त हुनुहुन्छ ।’

तत्कालिन संघीय समाजवादी फोरम नेपाल संविधान संशोधन र मधेश आन्दोलनका मुद्दा सम्बोधन गर्ने शर्तमा दुई बुँदे सहमति गरेर सरकारमा सहभागी भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot