थाइराइड रोग हैन घाँटीमा सास फेर्ने नलीको बाहिरपट्टी हुन्छ र यो पुतलीको आकारको हुन्छ। यसलाई गलगाँड भनिन्छ । यो गन्थीको काम थाइराइड हर्मोन उत्पादन गर्नु हो ।यो हर्मोन रगतमा घुम्दछ र हामो शरीरलाई स्फूर्तिलो बनाउन मदत गरिरहेको हुन्छ। यसले उर्जालाई स्फूर्तरुपमा सञ्चालन गर्दछ । शरीरका लागि यो अत्यावश्यक हर्मोन हो। थाइराइड ग्रन्थि घाँटीको अग्रभागमा रुद्रघण्टीको तल अवस्िथत हुन्छ ।
उक्त ग्रन्थिले थाइराइड हार्मोन उत्पन्न गर्छ। जसले हामीले खाएको पौष्टिक तत्त्वलाई जीनतत्त्वमा रूपान्तरण गर्छ। थाइराइड हार्मोनले शारीरकि शक्ति नियमन गर्न, अरू हार्मोन र भिटामिनलाई शरीरमा प्रयोग गर्न र शरीरका तन्तुहरूलाई वृद्धि तथा परपिक्व गर्न महत्त्वपूर्ण काम गर्छ । थाइराइड ग्रन्थिको कार्य क्षमतामा गडबडी भएमा कि त प्रशस्त मात्रामा (अनावश्यक रूपमा) हार्मोनको उत्पादन हुन्छ (हाइपरथाइराइडिज्म) कि अत्यन्त न्यून मात्रामा हार्मोन उत्पादन हुन्छ (हाइपोथाइराइडिज्म) ।
थाइराइड दुइ प्रकारका हुन्छ हाइपरथाइरोइडिज्म र हाइपोथाइरोइडिज्म
हाइपरथाइरोइडिज्म
अचानक तौल घट्नु, मुटुको धड्कन तीव्र हुनु, हातहरू काम्नु, धेरै पसिना आउनु, कपालले हाँगा हाल्नु, झुरनिु, झर्नु । मैनावारी नहुनु वा अल्प मात्रामा हुनु, पटक पटक दिसा लाग्नु, सामान्य र चिसो तापक्रममा पनि बढी गर्मी हुनु । निन्द्रा नलाग्नु, सास फेर्न गाह्रो हुनु, आँखाहरू ठूला देखिनु, जोर्नीहरू दुख्नु, कमजोरीको अनुभव हुनु, घाँटीमा गलगाँडजस्तै बढ्नु, बच्चाहरूमा अध्ययन क्षमतामा ह्रास, बानी व्यवहारमा समस्या देखिनु हुन् । मुटुको रोग भएका प्रौढलाई छाती धेरै दुख्नु, सास फेर्न गाह्रो हुनु।मांसपेशी विशेष गरी काँध र जाँघ कमजोर हुनु ।
हाइपोथाइरोइडिज्म
कपाल र छाला सुक्खा हुनु, नङहरू टुट्नु, छाला पहँेलो देखिनु, अरुचि भए पनि तौल बढ्नु, सुस्त हुनु, छाला चिसो हुनु, चिसो सहन नसक्नु, थकित र कमजोर हुनु, स्मरण समस्या, डिप्रेसन तथा एकाग्रतामा कमी हुनुु यसका लक्षण हुन् । कब्जियत हुनु, महिनावारी अनियमित तथा धेरै हुनु, त्यसबाहेक घाँटीमा गलगाँडजस्तो बढ्नु, हातखुट्टा, पैताला, मुख तथा आँखामुनि सुन्निनु, स्वर धोद्रो तथा भास्िसएको हुनु, मांसपेशीमा पीडा हुनु, बाउँडिनु, कोलेस्ट्रोल बढ्नु लक्षण हुन् ।
यसका काराणहरु
कुपोषण, तनाव, वंशाणुगत, थाइराइड ग्रन्थिको संरचनागत नष्ट, विकिरण न्यून रोग प्रतिरोधात्मक क्षमता, दीर्घ कमजोरी तथा शारीरकि तौलजन्य समस्याले पनि यो रोग लाग्छ । करबि ४० प्रतिशत प्रौढहरूलाई कुनै न कुनै स्तरको थाइराइड समस्या लागेको अनुमान गरएिको छ । यसको प्रमुख कारण आयोडिनको कमी तथा अत्यधिक मोटोपना हो। मोटो व्यक्तिहरू मोटोपना घटाउन अनेक उपचार गर्छन् तर थाइराइड रोगबारे सचेत रहेको देखिँदैन ।
ग्रेम्स डिजिज, गलगाँड, ग्रन्थी सुजन, पिटुटरी ग्रन्थिको ट्युमर तथा केही मुटु रोगका औषधीको दुष्प्रभावबाट हाइपरथाइराइडिज्म हुन्छ। दीर्घरोगहरू जस्तै मधुमेह, लुपस, बाथ, हेपाटाइटिस, हासिमोटो थाइराइड सुजन, केही मुटुका औषधीहरूको कारण हाइपोथेराइडिज्म हुन्छ ।
थायराइडकोे घरेलु उपचार
अश्वगंधा, एसेंशियल अ‘ायल, लोबान तेल, मिनरल्स, केल्प, गुग्गुल, विटामिन्स, अलसी, नारियल तेल, अदुवा, कालो खुर्सानी, धनिया पात , लौकाको जुस, एलोवेरा यी कुराहरु नियमित रुपमा घरमै सेवन गर्यो भने हामी यो रोग बाट बन्चित हुने र विदेशी औषधी खानु नपर्ने हुन्छ । Photo Source: northwesternmedicine