Logo

१५ जना प्रहरी सम्पर्कविहिन भएपछि खोजी



काठमाडौ । नेपाल प्रहरीमा १५ जना प्रहरीहरु वेपत्ता भएका छन् । प्रहरी मुख्यालयले तिनीहरुबारे सम्पर्क गर्न खोज्दा पनि खबर नआएपछि १० भदौमा सार्वजनिक सूचना नै निकालेको छ ।

दरबन्दीमा रही आफ्नो जिम्मेवारी पूरा गरिरहेका नेपाल प्रहरीका एकजना प्रहरी नायम निरीक्षक र १४ जना जवानहरु केही समय अगाडि देखि सम्पर्कमा आएका छैनन् । देश र जनताको सुरक्षार्थ खटिएका प्रहरी कर्मचारीहरु ९ जेष्ठ २०७६ देखि हालसम्म प्रहरीको अफिस कार्यालयमा गैर हाजिर रहेको सूचनामा उल्लेख छ । सूचनामा भनिएको छ, खोजतलास गर्दा गराउँदा पनि हाजिर हुन नआएको हुँदा अबको सात दिन भित्र आफू गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित कार्यालयमा हाजिर हुनुपर्नेछ ।

हालसम्म सम्पर्कमा नआएका प्रहरी जवानहरु ः

१. अनिशा श्रेष्ठ – प्रा.प्र.ना.नि (दर्जा)
२. अजित कुमार तामाङ –प्र.ज (दर्जा)
३. विजय वि.क.–प्र.ज (दर्जा)
४.प्रदिप सिंह ठकुरी –प्र.ज (दर्जा)
५. बिरेन्द्र बरई –प्र.ज (दर्जा)
६.शिव के.सी –प्र.ज (दर्जा)
७.सुनिल कुमार चौधरी –प्र.ज (दर्जा)
८. निशान राई –प्र.ज (दर्जा)
९.जितेन्द्र यादव –प्र.ज (दर्जा)
१०.मोजादिर रायभाट –प्र.ज (दर्जा)
११. तुल बहादुर कमली –प्र.ज (दर्जा)
१२.राजेश चौधरी –प्र.ज (दर्जा)
१३.शेर बहादुर सुनार –प्र.ज (दर्जा)
१४.दिपेश श्रेष्ठ –प्र.का.स. (दर्जा)
१५. पृथ्वी बहादुर रेग्मी –प्र.का.स. (दर्जा)



प्रतिक्रिया दिनुहोस्