Logo

यी युवाले विवाह गर्छु भनी करणी गरेपछि…



काठमाडौं । यी हुन् काठमाडौंका सुमन खड्का । यीनले १५ वर्षीया किशोरीलाई विवाह गर्छु भनी पटक पटक करणी गरे । किशोरीसँग निकै घनिष्ट सम्बन्ध थियो । किशोरीलाई आर्थिक सहयोग पनि गर्थे । किशोरीको आर्थिक अवस्था कमजोर भएको देखेर उनले लोभ्याउँथे ।

किशोरीलाई पटक पटक करणी गरेका उनले पछि टाढिन खोजे । विवाह नगर्ने देखेपछि किशोरीले प्रहरीमा उजूरी दिइन् । यो घटना ६ जेठ २०६९ मा काठमाडौं महानगरपालिका १९ स्थित खड्काकै घरमा भएको थियो । घटना भएको सात वर्ष बितिसकेको छ । किशोरी बालिग भइसकेकी छिन् । त्यतिबेला कम उमेरकी केटीसँगको करणी बलात्कार नै हुने भएपछि अदालतमा मुद्दा दर्ता भयो । जिल्ला अदालतले उनलाई सफाई दिएपनि उच्च अदालत पाटनले शुरु फैसला उल्टी गरी फैसला गर्यो । उनीमाथि ४ वर्ष कैद सजायको फैसला गर्यो ।

अदालतको फैसलाका आधारमा सुमन खड्कालाई सीआइबीले पक्राउ गरेको छ । उनलाई ८ भदौमा क्षेत्रपाटीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । अब उनी सर्वोच्च अदालतमा जाने ठाउँ बाँकी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot