Logo

रवि लामिछानेकी पूर्व पत्नी इशाको यसरी आयो कडा टिप्पणी



काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहनको अभियोगमा पक्राउ परी छुटेका रवि लामिछानेप्रति धेरैले सहानुभूती देखाए । विजेता योद्धाको शैलीमा उनलाई फूलमाला लगाएर स्वागत गरियो । उनले विजेताको शैलीमा भाषण समेत गरे । तर, उनलाई विगतका आफ्नै मान्छेले कुनै सान्त्वना सम्म दिएनन् । यतिसम्मकी २५ वर्ष वैवाहिक जीवन सँगै बिताएकी पूर्व पत्नीले समेत सान्त्वना दिइनन् । उल्टै व्यङ्ग्य गरिन् ।

 

रवि लामिछानेकी पूर्व पत्नी इशा लामिछानेले कुनै टिप्पणी नगरेपनि १० भदौको साँझ फेसबुकमा स्टाटस लेखेकी छिन् । हाल दुई छोरीसहित अमेरिकामा रहेकी उनले लेखेकी छिन् , ‘मान्छेको चपाउने दाँत छुट्टै र देखाउने दाँत छुट्टै हुन्छ भन्थे हो रहिछ ।’ यो रवि लामिछानेप्रतिको व्यङ्ग्य थियो उनको ।

 

कुनैबेला रविसँग निकट भएकी नायिका करिश्मा मानन्धरले रवि लामिछाने पक्राउ परेलगत्तै व्यङ्ग्य गरेकी थिइन् । उनले पनि सामाजिक सञ्जालमा लेख्दै रविको समर्थनमा देखिएकालाई भेडाको संज्ञा दिएकी थिइन् ।

सन् २०१८ मा उनीहरुले २५ वर्षको वैवाहिक सम्बन्धको अन्त्य गरे । यसले निकै चर्चा पायो । रवि र इशाबीच मिडियामा जुहारी जस्तै पर्यो । सँगै जिउन कसम खाएको जोडीले २५ वर्षको वैवाहिक जीवन अन्त गर्नुमा एक अर्कालाई दोषी देखाए । रवि स्वेदश फर्किए, इशा अमेरिकामै बसिन् ।



प्रतिक्रिया दिनुहोस्