मुटुबाट बाहिरिने र भित्र पस्ने रगत रक्त नलिमा परेको चापलाई रक्तचाप भनिन्छ ्र मानिसमा यदि माथिल्लो ब्लड प्रेसर (सिस्टोलिक) १४० अथवा त्यसभन्दा बढी र तल्लो (डायस्टोलिक) ब्लड प्रेसर ९० वा त्यसभन्दा बढी पुगे उच्च रक्तचाप भएको मानिन्छ ।
कार्डियोभास्कुलर रोगका कारण मान्छेको मृत्युसमेत हुनसक्ने खतरा त्यतिखेर उत्पन्न हुनसक्छ, तब सामान्यतया ११५ र ७५ को रक्तचापमा २० र १० का दरले बढ्दै दोब्बर हुनसक्छ । उच्च रक्तचाप भएको व्यक्तिमा टाउको दुख्ने, झुम्म पार्ने जस्ता लक्षण देखापर्न वा कुनै पनि लक्षण नदेखिन पनि सक्छ। उच्च रक्तचापको कारण भने करिब १० प्रतिशत बिरामीमा मात्रै पत्ता लाग्ने गर्छ ।
उच्च रक्तचापको समयमै उपचार नगरिए हृदयाघात वा मुटुगति बन्द हुन्छ । बिरामी पक्षाघातबाट मर्छन् । खानामा नुनको कमी, शारीरिक तौलमा नियन्त्रण, धूमपानको त्याग गर्नु पर्छ ।
घरेलु उपचार
नियमित शारीरिक व्यायाम, ताजा फलफूल तथा सागपातको बढी प्रयोग इत्यादि रक्तचाप नियन्त्रण गर्ने उपयोगी उपाय हुन्। फाइबर, पोटासियम, क्याल्सियम, म्याग्नेसियमजस्ता तत्त्व भएका खाद्यपदार्थलाई भोजनमा बढी महत्त्व दिइएको छ। साथै प्रोटिन ठीक मात्र प्रयोग गर्न सकिने तथा चिनी र चिनीयुक्त खाद्यपदार्थको प्रयोगलाई पनि न्यूनरूपमा मात्र प्रयोग गर्न सकिने उल्लेख छ ।
दैनिक भोजनको उचित व्यवस्था गरी यसकै माध्यमबाट उच्च रक्तचाप नियन्त्रण गर्नु हो। दूध, चिल्लो पदार्थ, तृप्त फ्याटी एसिड, कोलेस्टेरोलको प्रयोगलाई न्यून गरिएको छ। भोजनको यस योजनालाई राम्ररी अवलम्बन गर्न सकेमा रक्तचाप नियन्त्रण एवम् कम गर्न सकिने कुरा अध्ययनले देखाएको छ ।