Logo

नेपाल ओलम्पिक कमिटीमा को-को उम्मेदवार



काठमाडौं । नेपाल ओलम्पिक कमिटीको अध्यक्ष पदको लागि तिव्र प्रतिस्पर्धा शुरु भएको छ । २० भदौंमा हुन लागेको चुनावमा अध्यक्ष पदको लागि तत्कालिन अध्यक्ष जीवनराम श्रेष्ठ बलिया दाबेदार देखिएका छन् । उनको प्रतिष्पर्धीमा उमेशलालश्रेष्ठ छन् ।

१० भदौंको विहान १० देखि २ बजेसम्मको उम्मेदवारी दर्ताको समयमा पाँच जनाले उपाध्यक्ष पदका लागि आठ जनाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा ज्योति राणा, तेजबहादुर गुरुङ, पुष्पदास श्रेष्ठ, अशोकरत्न बज्राचार्य, सुनिलकुमार श्रेष्ठ, चतुरानन्द राजवैद्य, राजीव श्रेष्ठ र समिम मियाँ अन्सारीले उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यसैगरी महासचिवमा पुरेन्द्रविक्रम लाखे र निलेन्द्रराज श्रेष्ठ, कोषाध्यक्षमा रतनकुमार टण्डन र उपमहासचिवमा राखेपका उपाध्यक्षसमेत रहेका पिताम्बर तिम्सिनाले उम्मेदवारी दिएकाहुन् । तीन सचिव पदका लागि केशवकुमार विष्ट, रामजीबहादुर श्रेष्ठ, दीपकहर्ष बज्रचार्य र तुलसी थापा गरी चार जनाले उम्मेदवारी दिएका छन् ।सात सदस्यका लागि मेशप्रसाद शिवाकोटी, रामअवाले, प्रकाशशम्सेर राणा, गोपालसुन्दर लाल कक्षपति, टासी घले, होमबहादुर दोङ, दीर्घबहादुर केसी र मनोरञ्जनरमण शर्माले उम्मेदवारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot