Logo

मुटु रोगले मृत्यु दर बढ्यो: अनुसन्धान



काठमाडौँ । नयाँ अनुसन्धानले विभिन्न मृटु रोगको कारण मृत्यु दर बढेको देखाएको छ । मुटु रोगसँग सम्बन्धित मुटु झड्का, उच्च रक्तचाप र मधुमेह हलसालैको वर्षहरुमा बढिरहेको छ ।
सन् २०१० सम्म यी रोगहरुको कारण मृत्यु दर घटेको थियो तर त्यस पश्चात बढेको जानकारी अमेरिकाको जामा औषधी पत्रिकाले प्रकाशन गरेको छ ।
विभिन्न उच्च तनावले गर्दा यस्ता प्रकारका मुटुका रोग झन् घातक बनिरहेको छ विशेषगरी अमेरिकामा । अमेरिकाको तथ्याङ्क अनुसार सन् २०१७ मा ६४७,४७५ जना मुटुका रोगले मरेका थिए । १४६,३८३ जना मुटुका झड्का, ६८,३९९ जना मधुमेह र १६९६८ जना उच्च तनावको कारण मुत्युको सामना गरका थिए । यसको क्रम बढिरहेको छ ।
यस अनुसन्धानलाई नेतृत्व गरिरहेकी फेनबर्ग स्कूल अफ मेडिसनकी डा. सादिया खानले विभिन्न रणनीति अपनाए यस्तो रोगलाई न्यूनीकरण गर्न सक्ने बताइन् ।



प्रतिक्रिया दिनुहोस्