काठमाडौं, ११ भदौ । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले पार्टी संयोजक राजकिशोर यादवले बोलाएको राजनीतिक समितिको बैठक बहिष्कार गर्छु भन्नेहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
संयोजक यादवले पार्टीको राजनीतिक समितिको बैठक यही भदौ १३ र १४ गते बोलाएका छन् । उक्त बैठक बहिष्कार गर्ने भनेर महासचिव केशव झालगायतले चेतावनी दिएलगत्तै अध्यक्ष मण्डलका सदस्य तथा सांसद झाले बैठक बोलाउने अधिकार संयोजकलाई रहेकोले नेताहरु बैठकमा अनिवार्य उपस्थित् हुनुपर्ने धारणा राखे ।
रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा झाले भने,‘संयोजकले बैठक शुक्रबार बोलाउनुभएको छ, सबै सदस्यहरु उपस्थिति हुनुपर्छ । बैठक बहिष्कार गर्छौं भन्नेहरुलाई कारबाही हुन्छ ।’ झाले पार्टीको अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्ने चेतावनी दिए ।