Logo

इन्जिनियर विरुद्ध मुद्धा दायर



धनुषा । घुस लिएको अभियोगमा पक्राउ परेका इन्जिनियर माथि विशेष अदालतमा मुद्धा दायर गरिएको छ । ५५ हजार घुस पक्राउ परेका नगराइन नगरपालिकाका सव – इन्जिनियर उमेश मण्डल विरूद्ध १० भदौमा विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
उनले विभिन्न योजनाहरूको कार्य सम्पन्न प्रतिवेदन तयार गरी रकम भुक्तानी लिन सहज गराई दिए वापत सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबास, महोत्तरीबाट खटिई गएको टोलीले मण्डललाई सेवाग्राहीसँग रु.पचपन्न हजार घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा मण्डलले आयोजनाहरूको कार्य सम्पन्न प्रतिवेदन तथा बिल भुक्तानी सहजीकरण गरेबापत भनी घुसररिसवत रकम माग गरी भ्रष्टाचार गरेको स–प्रमाण पुष्टि भएकोले उनलाई विगो रू पचपन्न हजार कायम गरी सजाय हुन मागदावी लिई विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्