Logo

‘जीवन काँडा कि फूल’मा बन्यो चलचित्र



काठमाडौं । साहित्यकार झमक घिमिरेद्धारा लेखिएको पुस्तक ‘जीवन काँडा की फूल’मा चलचित्र बनाइएको छ । यो घिमिरेको जीवनमा आधारित फिल्म हो ।

निर्माण पक्षले फिल्मको ट्रेलर सार्वजनिक गर्दै प्रदर्शन मिति कात्तिक २२ गतेको घोषणा गरेको छ । फिल्मको ट्रेलरलाई नेपाल चलचित्र कलाकार सङ्घका उपाध्याक्ष मोहन निरौला, जीवन काँडा कि फूलका निर्माता तथा निर्देशक विनोद विष्ट, निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, चलचित्र पत्रकार सङ्घका पूर्व अध्यक्ष तथा सञ्चारकर्मी शान्ति प्रियलगायतले सामुहिक सार्वजनिक गरेको हो ।

फिलममा झमक सानो छँदाको भुमिकामा सिलगुडिकी अवस्था थापा र ठूला हुँदाको भुमिका काठमाडौंकी रोजिता वुद्धचार्यले निर्बाह गरेका छन् । फिल्ममा ३० भन्दा बढी कलाकारको अभिनय रहेको छ ।

झमक घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा/संवाद रहेको चफिलममा झमक र प्रकाश सिवाकोटीको गीत, प्रकाशकै सङ्गीत रहेको गीतमा जुनु गौतमको स्वर र नृत्य निर्देशकमा कमल राई रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot