Logo

जबरजस्ती करणी गर्ने पक्राउ



काठमाडौं । जबरजस्ती करणी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका १८ बस्ने कागेश्वरी नगरपालिका घर भएका २८ वर्षीय सुमन खड्कालाई ८ भदौमा प्रहरीले पक्राउ गरेको हो ।

जबरजस्ती करणी मुद्दामा उच्च अदालत पाटनको २०७१ कार्तिक १० गतेको फैसलाले ४ वर्ष ५ महिना एक दिन कैद ठहर भई फरार रहेका खड्कालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं क्षेत्रपाटीबाट पक्राउ गरेको जनाएको छ ।

खड्काले विवाह गर्छु भनी ललाईफकाई घरायसी आर्थिक अवस्था कमजोर भएकी १५ बर्षीया बालिकालाई आर्थिक प्रलोभनमा पारी पटकपटक जबरजस्ती करणी गरेको मुद्दामा अदालतले उक्त सजाय तोकेको थियो ।

पक्राउ परेका खड्कालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पठाइएको उक्त व्यूरोले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot