Logo

बैकिङ्ग कसुर गर्ने पक्राउ



काठमाडौं । बैकिङ्ग कसुर गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । बैकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं तारकेश्वर नगरपालिका ११ बस्ने प्रभात बिक्रम थापालाई ९ भदौमा प्रहरीले पक्राउ गरेको हो ।

बैकिङ्ग कसुर मुद्दामा उच्च अदालत पाटनको २०७५ चैत चार गतेको फैसलाले १५ दिन कैद र ८ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका थापालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं गल्कोपाखाबाट पक्राउ गरेको जनाएको छ ।
आर्थिक व्यवहार मिलाउने भनी ८ लाख ५० हजार रुपैयाँ ऋण लिएको र सो रकम भुक्तान गर्नका लागि पर्याप्त रकम नभएको सिभिल बैंक शाखा कार्यालय पुतलीसडकको खाताबाट भुक्तानी हुने गरी चेक फिर्ता भएको बैकिङ्ग कसुर मुद्दामा उनलाई उच्च अदालतबाट उक्त सजाय भएको थियो ।

थापालाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा काठमाडौं पठाइएको उक्त व्यूरोले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्