काठमाडौं । मोटरसाईकल चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महनगरपालिका १२ टेकु बस्ने रामेछाप लिखु तामाकोशी गाउँपालिका १ घर भएका २६ वर्षीय रविन नेपाली रहेका छन् ।
४ भदौमा काठमाडौं नागार्जुन नगरपालिका ४ सितापाईलाबाट लु.५२ प ८५०५ नम्बरको मोटरसाइकल चोरी कार्यमा संलग्न रहेका रबिन र मोटरसाइकल खरिद गर्ने भिम बहादुर सुनारलाई ७ भदौमा ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले रुपन्देही बुटवल बजारबाट पक्राउ गरेको थियो ।
उनीहरुलाई रुपन्देही जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानको लागि वारदात स्थान महानगरीय प्रहरी वृत्त स्वयम्भू काठमाडौं ल्याउने क्रममा फरार भएका प्रतिवादी मध्येका रविन १० भदौको बिहानको समयमा काठमाडौं थानकोटस्थित सार्वजनिक सवारी साधनबाट फरार भएकोमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले १० भदौको दिउँसो काठमाडौं थानकोटमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ ।
दुवै जनालाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त स्वयम्भू पठाएको बताएको छ ।