काठमाण्डौ । फेसियल हाउसले संस्कृत जोगाउन फेसियल हाउस तीज महत्सोव २०७६ आयोजना गरेको छ ।
विभिन्न ब्यवसायमा सम्लग्न महिलाहरु उपस्थीति रहेको कार्यक्रममा अग्रज कलाकार द्वय हरिहर शर्मा र शकुन्तला शर्मालाई ’शिव पार्वती’को रुपमा सम्मान समेत गरेको छ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको पुर्वसन्ध्यामा महिला चेम्बर कि अध्यक्ष उर्मिला श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त सम्मान प्रदान गरिएको हो ।
नेपाली वाङमयका विभिन्न विधा साथै नेपाली नाटक तथा फिल्म क्षेत्रमा उनीहरुले योगदानको कदर गर्दै, जीवनको हरेक पाइलामा अविचलित रहँदै एकअर्काको सारथी बनेर अगाडि बढिरहेको हरिहर-शकुन्तला जोडीलाई शिव पार्वती जोडीको संघ्या दिँदै उक्त सम्मानबाट सम्मानित गरिएको फेसियल हाउसकि प्रवन्ध निर्देशक सुष्मा महराले बताइन् ।
कार्यक्रम्का बिच शभामुख कृष्ण बहादुर महराको धर्मपत्नी सिता महरालाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो । महिला सशक्तिकरण्का लागी लोकतान्तृक आन्दोलनमा समेत सामेल भएकी उनलाई सोही कार्यको कदर गर्दै अवाड प्रदान गरिएको हो ।
सोही कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालको आयोजनामा आगामी भदौ १८,१९ र २० गते पोखरामा हुन लागेको कार्यशाला गोष्ठीको सफलताको शुभकामान सहित आर्थिक सहयोग समेत प्रदान गरियो । प्रवन्ध निर्देशक सुष्मा महराले चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष संदीप सापकोटालाई सहयोग रकम रु २५,००० (पच्चिस हजार) प्रदान गरेकी हुन् ।
उक्त कार्यक्रममा सुष्मा महराको शब्द, गायिका मीना निरौलाको स्वर तथा नायिका नीता ढुंगानाको अभिनय रहेको तीज गीत ’तीज आयो’को भिडियो विमोचन समेत गरिएको थियो । भिडियो विमोचन पश्चात गायिका निरौलाले आफ्नो प्रस्तुती राखेकी थिइन् ।
कार्यक्रममा फेसियला हाउस कै आयोजना रहेको ‘तीज फोटो कन्टेस्ट’का बिजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो । फोटो कन्टेस्टमा मनिशा ओझा प्रथम, रन्जु थापा द्वितिय र पुजा देवकोटा तृतिय भएका थिए ।
कार्यक्रममा विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित ब्यक्तीहरुको उपस्थिती रहेको थियो ।