Logo

प्रधानमन्त्रीको स्वास्थ्य सामान्य, प्लाज्मा फेरेसिस उपचार अर्को सातासम्म



काठमाडौं, ११ भदौ । सिंगापुरको नेश्नल युनिभर्सिटीमा उपचारर्थ प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो स्वास्थ्य अवस्था सामान्य रहेको उनका राजनीतिक सल्लाहकार विष्णु रिमालले स्पष्ट पारेका छन् । उनले प्रधानमन्त्रीको प्लाज़्मा फेरेसिस प्रकृयाको उपचार अर्को सातासम्ममा पुरा हुने जानकारी दिएका छन् ।

स्वास्थ्य उपचारको लागि भदौ ५ गते सिंगापुर गएका ओलीको शुक्रबारदेखि प्लाज्मा फेरेसिस प्रक्रिया सुरु गरिएको थियो । आफ्नो सामाजिक सञ्जाल फेशबुकमा प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै प्रधानमन्त्री सँगै सिंगापुरमा रहेका रिमालले प्लाज्मा फेरेसिस प्रक्रियाको उपचार अर्को सातासम्म पुग्ने बताए ।

उनकाअनुसार ओलीको उपचारमा संलग्न नीजि चिकित्सक डाक्टर दिव्या सिंह शाह आज स्वदेश फर्किएकी छिन्। यसअघि प्रधानमन्त्रीका अर्का निजी चिकित्सक डा. दिलिप शर्माले पनि प्रधानमन्त्रीको उपचार ७ देखि दश दिनसम्म लाग्नसक्ने बताएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्