काठमाडौं । नेपाल सरकारका महान्यायाधिवक्ता अग्नि खरेलको नेतृत्वमा वरिष्ठ अधिवक्ताहरु सम्मिलित १२ सदस्यीय प्रतिनिधिमण्डल भारत भ्रमणमा रहेका छ । ८ भाद्र देखि १४ भाद्रसम्मको एक हप्ता लामो भ्रमणका क्रममा भारत सरकारका महान्यायाधिवक्ता र राज्यका महान्यायाधिवक्ताहरुबीच द्धिपक्षीय हितमा कुराकानी भएको छ ।
भारत सरकारको निमन्त्रणमा भारत भ्रमणमा रहेको संघीय सरकार र सात प्रदेश सरकारका वरिष्ठ अधिवक्ताहरु सम्मिलित प्रतिनिधिमण्डलले त्यहाँको केन्द्रीय र राज्य न्यायिक प्रणालीबीचको सम्बन्ध अध्ययन गरिरहेको जनाइएको छ । भारतमा केन्द्र र राज्यबीचको न्यायिक प्रणालीबीचको सम्बन्ध र अभ्यास बुझ्न उनीहरु भ्रमणमा पुगेका हुन् ।
नेपाली प्रतिनिधिमण्डलले भारतको सर्वोच्च अदालत, दिल्ली उच्च अदालत भ्रमण गर्नुका साथै दिल्लीस्थित भारतीय विधि संस्थानमा एक दिने कार्यशालामा भाग लिएका छन् । प्रतिनिधिमण्डल ११ भाद्रबाट गुजरात भ्रमणमा पुगेको छ ।