Logo

यी हुन् अमेरिकामा तीन लाख डलर बराबरको छात्रवृत्ति पाउने नेपाली विद्यार्थी जेनिशा



अमेरिका । नेपाली विद्यार्थी जेनिशा खड्काले अमेरिकामा विशेष छात्रवृत्ति पाएकी छिन् । अमेरिकाको फेयर फिल्ड युनिभर्सिटी कनेक्टिकटमा उनी छात्रवृत्तिमा भर्नाका लागि छनोट भएकी हुन् ।

ललितपुरको महालक्ष्मी नगरपालिका-८ चसिडोलबाट अमेरिका बस्दै आएका सुजितकुमार खड्का र जानकी कार्की खड्काकी छोरी जेनिशाले छात्रवृत्ति पाएको जानकारीले उनी अध्ययन गरेको विद्यालयले समेत गर्वका साथ उल्लेख गरेको छ ।

जेनिशा यसअघि कमन ग्राउण्ड हाइस्कुल न्यु ह्याभनमा अध्ययनरत थिइन् । उक्त स्कुलले जेनिशा छात्रवृत्तिसहित उच्च शिक्षा अध्ययन गर्न छनोट भएकोमा बधाई दिएको छ ।

उनी फेयरफिल्ड विश्वविद्यालयमा भर्ना भइ जीवविज्ञान मुख्य विषय लिएर अध्ययन गर्नेछिन् । उनको उद्देश्य स्नायुशास्त्री बन्ने रहेको उल्लेख छ । जेनिशाले जीपिए ३.७६ ल्याएर उच्च माध्यमिक तहको शिक्षा पूरा गरेकी थिइन् । स्नातक तहको चार वर्ष जीव विज्ञानको अध्ययन गर्नेछिन् ।

छात्रवृत्ति प्राप्त गरेपछि जेनिशाले बाबुआमा र विद्यालय परिवारलाई धन्यवाद दिएकी छिन् । उनले भविष्यमा थप उत्साहका साथ अध्ययन गर्दै मातृभूमिका लागि गौरव गर्न लायक काम गर्ने बताएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्