Logo

समाजवादी पार्टीको पदाधिकारी बैठक जारी, उपेन्द्रलाई सरकार छोड्न दबाब



काठमाडौं, १२ भदौ । सत्तारुढ दल समाजवादी पार्टीको पदाधिकारी बैठक बुधबारदेखि सुरु भएको छ । महत्वपूर्ण एजेण्डामा पदाधिकारी बैठक केन्द्रित छ । काठमाडौंकाृ बालकुमारीस्थित पार्टी कार्यालयमा हिजोदेखि सुरु बैठकमा तत्कालीन नयाँ शक्ति पार्टीसँग भएको एकतापछिको पार्टी समायोजन, संगठन निर्माण, कार्यविभाजन, राजपा नेपालसँगको एकीकरण, महाधिवेशन लगायतको विषयमा छलफल भइरहेको बुझिएको छ ।

तर, पार्टीभत्र तत्काल सरकार छोड्नुपर्ने दबाब सिर्जना भएको छ । यो विषय पनि पदाधिकारी बैठकमा जोडदार रुपमा उठाईएको छ । संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले सुरुदेखि नै सरकारबाट पार्टी बाहिरिनुपर्ने अडान लिँदै आएका छन् । तर, केन्द्रिय अध्यक्ष उपेन्द्र यादव भने तत्काल सरकार छोड्ने पक्षमा छैनन् । संविधान संशोधनको लागि अझै केही समय पर्खनुपर्ने यादवको अडान छ ।

नयाँ शक्तिसँग एकीकरण गरेपछि प्रदेश, जिल्ला, जनवर्गीय संगठनहरुको समायोजन तथा कार्यविभाजन भइरहेको छ । त्यसैको बारेमा छलफल गर्न बैठक बोलाएको हो । प्रदेश १ र ३ मा सहमति हुन सकेको छैन । त्यसको बारेमा पनि छलफल हुने बताइएको छ । साथै राजपा नेपालसँग एकीकरणको बारेमा भइरहेको छलफलको विषयमा पनि कुराकानी हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्