काठमाडौँ । बर्मिङहाम, युकेको ९ वर्षीय दोब्बर अंगविच्छेदी डेसी मे डिमेट्री न्यू योर्क फ्यासन विकमा देखा पर्नेछिन् जो फिबुलार हेमीमेल्लाको रोगले ग्रसित थिइन् । यसले गर्दा उनीको खुट्टामा फिबुलार हड्डीको अभाव भयो । उनी १८ महिनाको हुँदा दोब्बर अंगविच्छेदन प्रक्रिया भएर गुज्रनुपर्यो । डेसी मेले कृतिम प्रोसथेटिक खुट्टाहरु पाइन् अनि त्यसलाई हिँड्न र हलचल गर्न प्रयोग गरिन् ।
तर अहिले आएर उनीले फ्यासन विकको मञ्चमा क्याटवक गर्नेछिन् । उनी लुलु एट गिगि काटुरको लागि प्रदर्शन गर्न रोजिएकी थिइन् र विगतमा उनीले त्यही पहिरणको कम्पनीको लागि बालबालिकाका लण्डन किड्स फ्यासन विकमा प्रतिनिधित्व गरेकी थिइन् । लुलु एड गिगिका डिजाइनर एनी हेगेड्स बुइरनले संस्थापन गरेका थिए जो केही पाँच वर्ष पहिल बालबालिकाको पहिरणनको लागि फ्रन्चशैलमा विशेषज्ञता हासिल गर्न अभिप्रेरित भएका थिए ।
डेसी मेकी पिता एलेक्स आफ्नी छोरीले सपनालाई पूरा गरेकी देख्दा खुशी भएको कुरा अंग्रेजी मिडियामा छ्यापछ्याप्ती आएको छ । उनीको पिताले भने अनुसार डेसी नाच्छिन्, गाउँछिन् र उनी अद्वितीय बालिका हुन् ।
डेसीले सेप्टेमबर ८ मा न्यू योर्क फ्यासन विकलाई तताउनेछिन् तर त्यसो गर्न उनी कति पनि घब्राएकी पाइन्न । उनीले पहिला नै १८ महिनादेखि मोडेलिङ गर्दै आइरहेकी छिन् र नाइक, रभर आइल्यण्ड तथा अरु धेरै ब्रयाण्डसँग काम गरिसकेकी छिन् । उनीलाई प्राइड अफ बर्मिङहाम अवर्डसमा चाइल्ड अफ करेज (साहसको बालिका) भनी उपाधी दिइएको थियो ।
उनीलाई मोडलिङ गरेर देखेका आफन्त, मिडियाकर्मी, कम्पनीका संस्थापक, फ्यान र फ्यासन क्षेत्र रुचाउनेहरुले एकदम उत्साह जगाउने व्यक्तिको रुपमा देखेका छन् जब उनी फ्यासन विकका मञ्चमा मुस्कुराउँदै र हाँस्दै क्याटवक गरी प्रस्तुत गर्छिन् ।