Logo

हामी सबैको ग्रुपले शुरु गर्यो सहकारी



ललितपुर । यातायात क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको हामी सबैंको ग्रुपले सहकारी संचालनमा ल्याएको छ । १२ भाद्रबाट ग्रुपले नारायण डाँडा सहकारीको शुभारम्भ गरेको हो ।

सहकारीको शुभारम्भ ललितपुर वचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि बजगाईँ, सार्वजनिक यातायात प्रा.लि. महासंघका उपाध्यक्षहरु निरकुमार कार्की र गणेशबहादुर शाहीले संयुक्त रुपमा सहकारीको शुभारम्भ गरेका हुन् ।

हामी सबैको ग्रुपले ललितपुरको पूर्वी भेगमा ४० वटा सार्वजनिक यातायात संचालन गर्दै आएकोमा सहकारी समेत संचालनमा ल्याएको हो । ग्रुपका अध्यक्ष मोहन सापकोटाले हामी सबैको यातायातपछि ग्रुपले संचालनमा ल्याएको सहकारीले कृषि, यातायात, पर्यटनलगायतका क्षेत्रमा आयमूलक र रोजगारमूलक कार्यमा योगदान पुग्ने गरी काम गर्ने बताए । सहकारीले यातायात क्षेत्रलाई बढी समेट्ने गरी काम अगाडि बढाएको छ ।

कार्यक्रममा ललितपुर वचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि बजगाईँले सहकारीलाई सफलताको शुभकामना दिएका छन् । सहकारीको उद्देश्य सकारात्मक र रचनात्मक रहेकाले आफू सधै सहयोगका लागि तयार रहेको बताए । सार्वजनिक यातायात प्रा.लि. महासंघका उपाध्यक्षहरु निरकुमार कार्कीले यातायात क्षेत्रमा काम गर्ने र लगानी गर्नेमा बचतको बानी विकास गर्न प्रेरित गर्नुपर्ने बताए । सहकारीले बचतको भावना विकास गरी देशको समग्र विकासमा टेवा पुर्याउने आशा व्यक्त गरे ।

 

महालक्ष्मी नगरपालिकाका समाजसेवी विवेककुमार कार्कीले हामी सबैको ग्रुपले ग्रामीण भेगसम्म यातायात संचालनमा ल्याएर विगतमा गरेको योगदानको प्रशंशा गर्दै सहकारीको सोच प्रभावकारी हुने आशा व्यक्त गरे । सकारात्मक र रचनात्मक सोचले अगाडि बढेका हामी सबैको ग्रुपका अध्यक्ष मोहन सापकोटा, दिलकुमार लिम्बु, दिपक श्रेष्ठलगायतका समूहको दत्तचित्त भएर काम गर्ने शैलीको प्रशंशा गरे ।

सार्वजनिक यातायात प्रा.लि. महासंघका उपाध्यक्ष गणेशबहादुर शाहीले सहकारीको सफलताको शुभकामना द्रिए । रिद्धि सिद्धि यातायातका अध्यक्ष लवकुमार केसीले सहकारीले प्रभावकारी ढंगले काम गर्ने आशा व्यक्त गरे ।

नारायणडाँडा सहकारीका अध्यक्ष दिपककुमार श्रेष्ठले सहकारीको संचालक समितिको परिचय गराउनुका साथै उद्देश्यबारे जानकारी गराए । उनले सहकारीलाई सफल बनाउन सबैको सहयोगको आशा व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्