Logo

विमलेन्द्र निधिको चेतावनी : हामीलाई कम्युनिष्ट राज्य स्विकार्य छैन



काठमाडौं, १२ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उपसभापति एवम् पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान सरकारले राज्यलाई नै कम्युनिष्ट बनाउन खोजिरहेको आरोप लगाउँदै त्यो आफूहरुलाई स्विकार्य नभएको चेतावनी दिएका छन् ।

बिहीबार ग्लोवल युथ एलायन्सले काठमाडौमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेता निधिले कम्युनिष्ट सरकार स्वीकार्य भएपनि र कम्युनिष्ट राज्य भने स्वीकार्य नहुने बताएका हुन् । नेता निधिले लोकतान्त्रिक मुल्य र मान्यता विपरित अब विदेशबाटै साशन सञ्चालन गर्ने जस्ता गैरजिम्मेवार पूर्ण व्यवहार भएको भन्दै यसको सबैले विरोध गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा काँग्रेसका अर्का नेता एनपी साउदले गौरवशाली इतिहास बोकेको नेपाली काँग्रेसमा अब युवाशक्तिको आवश्यक रहेको बताए । उनले समयको मागसँगै समृद्धि र विकासका लागि अब नयाँ पीडिलाई अवसर प्रदान गर्न ढिलाई गर्न नहुने सुझाव दिए ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्