Logo

ढाड दुखेको समस्या ठिक पार्ने उपचार विधि



ढाड दुख्ने समस्या मानिसको मेरुदण्डमा रहेका मांशपेसी, नसा, हाड अथवा अन्य संरचनामा समस्याको अनुभव गर्नु हो । यस्तो समस्या प्रायजसो ढाडको तल्लो भागमा महशुस गरिन्छ । यो समस्या छोटो तथा लामो दुबै समयावधिको हुन सक्छ । समस्या लगातार वा बेलाबेलामा दोहोरिने, एकै स्थानमा रहिरहने वा अन्य स्थानमा सर्दै जाने हुन सक्छ । मन्द पीडा दिने, अत्यन्त पीडा दिने, घोचेको जस्तो झस्का महशुस हुने वा पोल्ने खालको हुन सक्छ । यसको दुखाइ बिस्तारै पाखुरा हुँदै हात तथा खुट्टामा पनि सर्न सक्छ र दुखाइभन्दा फरक किसिमका लक्षण पनि देखापर्न सक्छ ।

ढाड दुख्ने समस्याले धेरैलाई दुख दिने भएपनि यसलाई पूर्ण रूपमा सावधान गरिएको उदाहरणहरू एकदमै कम छन् । डिस्क हर्नियोसिस तथा स्टेनोसिस भएको बेलामा पनि कुनै उपचार नगर्नु वा सुई लगाउनु वा सल्यकृया गर्नुको एक वर्षपछिको परिणाम लगभग उस्तै भएको र पीडा केही मात्रामा मात्र कम भएको पाइन्छ । प्रत्येक वर्ष काम गर्ने वयस्कहरूमा ढाड दुख्ने समस्या देखिन्छ । यतिमात्र होइन विश्वभर हुने शारीरिक अपाङ्गताको एकमात्र प्रमुख कारण ढाड दुख्ने समस्या पनि हो ।

ढाड दुख्नुका कारणहरु
केही परिस्थितीलाई छोडेर यो समस्याका धेरै अध्यायहरू आफूमै सीमित रहेर कुनै जटिलता ननिम्ताउने खालका हुन्छन् । प्रायः ढाड दुख्ने समस्याहरू सुन्निने कारणले हुने गर्दछन् । विशेष गरी अचानक महशुस हुने समस्या दुई हप्तादेखि तीन महिनासम्म रहने गर्दछ । मलाशय तथा मुत्राशयको नियन्त्रण नहुनु तथा बिस्तारै बढ्दै जाने खुट्टाको कमजोरी जस्ता मृत्यु निम्ताउने समस्याका संकेतहरू हुन् ।

बिमारीका अन्य लक्षणहरूसँग (जस्तै ज्वरो, बीना कारण तौल घट्ने) देखापर्ने अति ढाड दुख्ने समस्याले ( निन्द्रा नै बिथोल्ने खालको पीडा) गम्भीर स्वास्थ्य समस्याको संकेत गर्दछ । कुनै दुर्घटनापछि ढाड दुख्ने समस्याले हाड मर्किएको वा फुटेको वा अन्य चोटपटकको संकेत गर्छ । केही मानिसमा देखापर्ने अस्टिओपोरोसिस वा मल्टिपल माइलोमाले स्पाइनल कर्डमा आघात पर्नसक्छ । कुनैबेला क्यान्सर (विशेषगरी मेरुदण्डसम्म फैलिन सक्ने छाति, फोक्सो तथा प्रोस्टेट ग्रन्थीको क्यान्सर) लागेका बिरामीको ढाड दुखेमा उसलाई सुषुम्नामा मेटास्टाटिक रोग लागेको हुन सक्छ । प्रायजसो उक्त मांसपेसी तन्किएर हुने स्प्रेन, मांसपेसीको गडबडी तथा बाउँडिने समस्याले ढाड दुख्ने गर्दछ । ढाड दुख्ने समस्याको अर्को स्रोत मेरुदण्डमा रहेको साइनोभियल जोर्नी पनि हो । करीब एकतिहाइ लामो अवधिको तल्लो ढाड दुख्ने समस्या तथा गर्धन दुख्ने समस्याका प्रमुख कारण यी जोर्नीहरू भएको पत्ता लागेको छ । ढाड दुख्ने समस्याका अन्य धेरै कारण छन् ।

जस्तै मेरुदण्डको हर्निया, डिजेनेरेटिभ डिस्क रोग, स्पोन्डाइलोलिस्थेसिस, अस्टियोआर्थ्राइटिस (जोर्नी खिइने रोग), लम्बर स्पाइनल स्टेनोसिस, दुर्घटना, क्यान्सर, संक्रमण, मर्किनु तथा सुन्निने रोगहरू। इन्टरभर्टिब्रेटल डिस्कको बाहिरी लिगामेन्ट अत्यन्तै संवेदनशील हुन्छ । यसमा सानो चोटपटक लाग्यो भने पनि असह्य पीडा महशुस हुन सक्छ । रेडिकुलर पीडा (साइटिका) बिनाकारण हुने ढाड दुख्ने समस्यासँग सजिलै छुट्टिन्छ त्यसैले यसको पहिचान कुनै प्रविधि प्रयोग नगरी गर्न सकिन्छ ।

ढाड दुख्ने समस्या को उपचार

  • छोटो समयको अवधिमा तातोले सेक्दा पीडा कम हुन्छ । केही बिरामीहरूले बाफसहितको तातो वा मन्द ताप दिने वस्तुले बढी फाइदा पुर्याएको पाए । ढाड दुख्ने समस्याका केही अवस्थामा कोल्ड कम्प्रेसन थेरापी पनि लाभदायक हुन्छ ।
  • लामो अवधिको ढाडदुख्ने समस्यामा गरिने औषधोपचार विवादास्पद छ । मांसपेसीलाई आराम गराउने मसल रिलाक्स्यान्टहरूको केही मात्रा छोटो अवधिको ढाड दुख्ने समस्यामा उपयोगी मानिन्छ । सुन्निएको कम गर्ने नन स्टेरोइडल औषधिहरू (एनएसएआइडी वा एनएसएआइए) केही बढी प्रभावकारी भएको पाइएको छ । साधारणतया यी औषधिहरू पारासिटमोल (एसिटामिनोफेन) भन्दा बढी प्रभावकारी हुन्छन् । कर्टिकोस्टेरोइडको सुई लगाएर गरिने तल्लो ढाड दुख्ने समस्याको उपचारले फाइदा गर्छ वा गर्दैन भन्ने पर्याप्त अध्ययन हुन सकेको छैन ।
  • तुलनात्मक रूपमा लामो अवधिको तल्लो ढाड दुख्ने समस्या भएका व्यक्तिहरूलाई मसाजले पनि राहत दिन्छ । मसाजभन्दा अकुप्रेसर वा दबाब बिन्दु मसाज बढी प्रभावकारी हुन्छ ।
  • पीडा कम गर्न कसरत पनि एक प्रभावकारी उपाय हुन सक्छ । तर यसको लागि अनुमति प्राप्त स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा कसरत गरिनु पर्छ । साधारणतया केही निरन्तर तन्काइ तथा कसरतहरू प्राय ढाड दुख्ने समस्याको उपचारका प्रमुख तत्व रहेको विस्वास गरिन्छ । अर्को अध्ययनले छोटो अवधिको समस्यामा ढाडको कसरत गर्नु भन्दा पीडा सहेर सकेसम्म आफ्नो दैनिक काममा लाग्नु नै प्रभावकारी भएको पत्ता लगाएको छ । Photo Source: Uconn today


प्रतिक्रिया दिनुहोस्