कंग्रेस नेता राहुल गान्धीले काश्मिरलाई भारतको अभिन्न अंग भन्दै पाकिस्तान र अन्य कुनै पनि देशले हस्तक्षेप गर्ने ठाउँ नभएको बताएका छन् । उनले ट्वीटमार्फत् पाकिस्तानलाई चेतावनीको भाषामा यस्तो बताएका हुन् ।
काश्मिरबारे भारत सरकारले गरेको निर्णयपछि राहुलको पाकिस्तानलाई लक्षित गरी पछिल्लो भनाई आएको हो । यसअघि ७ भदौंमा श्रीनगर एयरपोर्टबाट राहुल गान्धी सहित १२ विपक्षी नेताहरूको एक प्रतिनिधिमण्डललाई रोकेर दिल्ली फर्काइएको थियो ।
राहुललाई काश्मिर उपत्यकाको अवस्थाबारे जानकारी गराउन राज्यपाल सत्यपाल मलिकले “आमन्त्रित” गरेपछि नेताहरू श्रीनगरको भ्रमण गर्न गएका थिए । राहुलले फर्किएपछि उपत्यकाको अवस्था सामान्य नभएको र यदि धारा १४४ का अनुसार प्रतिबन्ध लगाइएको छ भने व्यक्तिगत रुपमा जान तयार रहेको जानकारी गराएको हो ।