Logo

ओलीलाई दबाब, कांग्रेसले उठायो संविधान संशोधनको माग



काठमाडौं, १२ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अब आक्रमक रुपमा प्रस्तुत हुने भएको छ । संविधान संशोधनको प्रस्ताव तत्काल अघि बढाउन कांग्रेसले सरकारसँग माग गरेको छ ।

आज अपरान्ह बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सरकारले संविधान संशोधन गर्छु भनेर झुक्याउने काममात्रै गरेको भन्दै अब विलम्ब नगरी प्रस्ताव अघि बढाउनुपर्ने निश्कर्ष निकालेको हो । संविधानप्रति देखिएको असन्तुष्टि सम्बोधन गर्न संविधान संशोधनको प्रतिबद्धता जनाएअनुसार वर्तमान सरकारबाट कुनैपनि किसिमको गम्भिरता र पहलकदमी नलिईएको कांग्रेसको बुझाई छ ।

त्यस्तै, आजको बैठकले ‘वाइडबडी’ विमान खरिद प्रकरण छानबिन गरी कारबाही गर्न र मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउन पनि माग गरेको प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

शर्माकाअनुसार आजको बैठकले नेपालीहरुलाई आउँदो मंसिरको उपनिर्वाचनबाटै मतदानको व्यवस्था गर्न पनि माग गरेको छ । यस्तै, म्याद सकिएका भातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित म्याद सकिएका जनसम्पर्क समितिहरुको विषयमा पनि बैठकमा छलफल भएको बताइएको छ ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्

Screenshot