काठमाडौं । पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछानेको पक्षमा बहस गर्ने कानुन व्यवसायीहरुले गम्भीर प्रश्न तेर्साएका छन् । यो प्रश्न हो, शालिग्रामले भिडियो खिच्दा भित्री बस्त्र, आत्महत्या गर्दा सर्ट पाइन्ट किन ?
लामिछानेको पक्षका कानुन व्यवसायीहरुले गरेको बहसको मुख्य विषयलाई चितवन जिल्ला अदालतले धरौटीमा रिहा हुने अन्तरिम आदेशमा ९ भाद्रमा यसरी उल्लेख गरेको छः
भिडियोको विश्लेषण गर्दा घटनास्थलको कोठामा रिकर्ड गर्दाको क्षण हाल मृतक रहेका शालकिराम पुडासैनीभित्री बस्त्रमा देखिएका छन् भने निजको झुण्डीएको अवस्थामा रहेको मिसिल संलग्न लाशको फोटोमा निजले पाईन्ट शर्ट लगाएको अवस्था देखिन्छ । सो अवस्थाले मृत्युकालीन घोषण गर्दाको अवस्था र आतमाहत्यागर्दाको अवस्था एउटै नभई फरक अवस्था रहेको भन्ने देखिन्छ । यो फरक देखिने अवस्थाले भिडियोमा व्यक्त गरेको भनाई नै मर्ने व्यक्तिको मर्नुअघिको भनाई थियो वा थिएन भनी एकिन गर्न भिडियो रेकर्ड गरेको समय र निजले आत्माहत्या गरी देहत्याग गरेको समयको अन्तर छुट्याउन सबुतको रुपमा रहेको भिडियो र मृतकको शव परीक्षण प्रतिवेदनमा मृत्युको समय उल्लेख हुनु आवश्यक देखिन्छ ।
यसैगरी भिडियो एक्लैले खिचेकोमा समेत प्रश्न उठाइएको छ । अन्तरिम आदेश हुँदा यो विषय यसरी उल्लेख गरिएको छः
जुन अनुसन्धानका क्रममा गरिएको शव परिक्षणको प्रतिवेदनमा उल्लेख भएको देखिदैन । भिडियो रिकर्डको अन्तमा मृतक शालिकराम पुडासैनीले आफ्नो दुबै हात जोडेरआफ्ना बृद्ध बुबाआमा र पत्नीलाई आफुले आत्माहत्या गर्नुको कारण र दुखको पश्चातापबोध गरी क्षमायाचना गर्दै दुवै हात जोडेर प्रणाम दण्डवत गरेको देखिने अवस्थाले सो भिडियो निज आफैले एक्लै खिचेको भन्ने देखिएन । निजले घटनास्थलको सो कोठामा उपयुक्त उचाईको स्थानमा आफ्नो मोबाईल भिडियो रिकर्ड मोडमा स्थिर राखी भिडियो खिचेको हो भने घटनास्थल मुचुल्का र बरामदी मुचुल्कामा मोबाईल त्यस्तो स्थानमा राखेको अवस्थामा भेटिएको भन्ने व्यहोरा उल्लेख भएको पनि देखिएन ।
अतः सो भिडियो रिकर्ड हुँदा निज शालीकराम पुडासैनीले अर्को कुनै व्यक्तिको सहयोगमा सो भिडियो रिकर्ड गरेको अवस्थामा देखिन्छ । अतः घटनास्थलमा मृतकबाहेक अर्को ब्यक्ति पनि भएको अवस्थामा मृत्युकालीन घोषण पछि आत्माहत्या गर्दा घटनास्थलमा रहेको अर्को ब्यक्तिले निजलाई आत्माहत्या गर्नबाट रोक्न, बचाउन, हार गुहार गर्न सक्ने तत्कालिन बिध्यमान अवस्थामा सो भएको नदेखिनुले भिडियो रिकर्डको लगत्तै निजले आत्माहत्या गरेको नभई सो भिडियो रिकर्ड गर्दाको निजको मनस्थिति र निजले आत्माहत्या गर्दाको परिस्थितिको निरन्तरता थियो भन्ने कुरामा भिडियो रिकर्ड गर्दाको अवस्थामा निज भित्री बस्त्रमा देखिएको अवस्थामा र आत्माहत्यागर्दा निजको झुण्डीएको लाशमापाईन्ट, शर्ट सहितको पहिरनमा देखिएको अवस्थाले निजको परिस्थितिको बदलावको अवस्था पछिको मृत्युकालीन घोषणलाई सोसँग सम्बन्धीत अन्य नजोडिदा सम्म सोहीभनाईलाई मात्रनिर्णयक प्रमाणको रुपमा ग्रहण गर्न नसकिने अवस्थामा त्यसरी समर्थीत हुने अन्य प्रमाण मिसिल संलग्न रहेको देखिएन ।
आत्महत्याबारे प्रश्न उठाउँदै भनिएको छः
प्रमाण ऐन २०३१ को दफा ११ मा मरेको ब्यक्तिले आफु मर्नु भन्दा पहिले मर्न लागेको अवस्थामा होस् छदै मृत्युको कारणका बारेमा ब्यक्त गरेको भनाईलाई प्रमाणमा लिन मिल्छ भन्ने कानूनी व्यवस्था उल्लेख भएको अवस्थाले जुनसुकै अवस्थामा मृतकले भनेको मृत्यु सम्बन्धी निजको भनाई मृत्युकालीन घोषणको रुपमा प्रमाणमा लिनु पर्ने भन्ने भनाई नभई मृतकले मर्नु भन्दापहिले मर्न लागेको अवस्थामा मृत्युकाबारेमा ब्यक्त गरेको भनाई मात्र प्रमाणमा लिनमिल्ने हुँदा मृतकशालीकराम पुडासैनीले कति समय पहिले भिडियो रिकर्ड गरी कतिकति समय पछि डोरीमा झुण्डीएर आत्माहत्या गरेका थिए भन्ने समय एकिन नगरी सो भिडियो मृत्युकालीन घोषण हो वा होईन भनि एकिन गर्न सकिने अवस्थानहुँदा सो भिडियोको फोरेन्सिक परीक्षण गर्ने विशषज्ञ र मृतकको शब परीक्षण गर्ने विशषज्ञलाई विशषज्ञ प्रमाणको रुपमाअदालतले थप परीक्षण नगरी नबुझी प्रस्तुत विषय यकिन गर्न सकिने अवस्थामा देखिएन ।