काठमाडौं, १२ भदौ । माछापुच्छ्रे बैंकले गत आर्थिक बषको खुद मुनाफाबाट आफ्ना शेयरधनीलाई चूक्ता पूँजीको १६ प्रतिशत लाभांश वितरण गर्न भएको छ ।
उक्त लाभांश अन्तर्गत बैंकले पाँच प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामि बार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गर्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंकले एक सय ३६ शाखा, एक सय ५७ एटीएम र एक सय २१ शाखारहित बैकिङ मार्फत सेवा दिइरहेको जनाइएको छ ।