Logo

डाँका गरेर फरार भारतीय र नेपालीको गिरोह यसरी पक्राउ परे



विराटनगर । प्रहरीले डाँका गरेर फरार समूहलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली र भारतीयको समूहले विराटनगरको विभिन्न स्थानबाट २१ लाख बराबरको धनमाल डाँका गरी फरार भएपछि प्रहरीले व्यापक खोजीपछि पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चार नेपाली र तीन भारतिय गरी ७ जना छन् । उनीहरुलाई ११ भाद्रमा मोरङ पथरी शनिश्चरे न।पा वडा नं १ स्थित ईप्रका पथरीबाट खटिएको प्रहरी अधिकृत सहितको टोलिले स्करपियो गाडी सहित घटनाको अवस्थामा प्रयोग गरीएका विभिन्न चिजबस्तुहरूसहित पक्राउ गरेको हो । प्रहरीले उनीहरुमाथि डाँकैतीको अभियोगमा मुद्दा दर्ता गर्ने भएको छ ।

तस्विर स्रोतः नेपाल प्रहरी



प्रतिक्रिया दिनुहोस्

Screenshot