काठमाडौं । नेपाली सेनामा जर्नेल र कर्णेलहरुको व्यापक सरुवा भएको छ । सेनाले एकैपटक २२ जना सहायकरथी र दुई महासेनानीहरुको सरुवा गरेको हो ।
११ भदौमा सैनिक अधिकृतहरुको सरुवाको फाइल सदर भएको हो । सैनिक सचिवमा सहायकरथी विनय विक्रम राणाले जिम्मेवारी पाएका छन् ।
पश्चिम पृतनाको पृतनापति गोकुल भण्डारी, निरमानसिंह गुरुङ मध्य पूर्वी पृतनापति, बाबुराम श्रेष्ठ उत्तरपूर्वी पृतनापति, सहदेव खड्का युद्धकार्य निर्देशनालय, सुरेशकुमार बाँनिया ४ नम्बर बाहिनीको बाहिनिपतिको जिम्मेवारी पाउन सफल भएका छन् ।
को कहाँ सूचीसहित
सहायकरथी
१.गोकुल भण्डारी पश्चिम पृतना हेडक्वार्टर
२.संजय थापा निर्देशक,विपत व्यवस्थापन निर्देशनालय
३.निरमानसिंह गुरुङ्ग चिफ अफ स्टाफ मध्य पुर्वी पृतना
४.विनयविक्रम राणा,सैनिक सचिव विभाग
५.बावुराम श्रेष्ठ चिफ अफ स्टाफ उत्तर पुर्वी पृतना
६.सन्तोष कुमार ढकाल शिक्षाधिकृत सैनिक प्रतिष्ठान
७.सहदेव खड्का निर्देशक युद्धकार्य निर्देशनालय
८.हिमांशु खड्का सह महानिर्देशक, सै.ता.तथा ड.म.नि.
९.सुरेश कुमार बानियां बाहिनीपति ४ बाहिनी
१०.प्रदिपजंग केसी निर्देशक,वेबृ तथा समारोह निर्देशनालय
११.पंकज कार्की बाहिनीपति २७ बाहिनी
१२.योगराज शर्मा चिफ अफ स्टाफ पुर्वी पृतना
१३.सुरेन्द्रसिंह रावल चिफ अफ स्टाफ सुदुरपश्चिम पृतना
१४.सागर ब.थापा बाहिनीपति ३ बाहिनी
१५. आश ब.तामांग बाहिनीपति २१ बाहिनी
१६.कृष्णप्रसाद सापकोटा बाहिनीपति १८ बाहिनी
१७. गणेश कुमार श्रेष्ठ बाहिनीपति ९ बाहिनी
१८.विष्णु रावत सह शिक्षाध्यक्ष सै.क तथा स्टाफ कलेज
१९.निरज पौडेल निर्देशक, सैनिक सामाग्री प्राप्ति निर्देशनालय
२०.जित बहादुर गुरुङ्ग , निर्देशक राष्ट्रिय सेवा दल
२१.अशोक सिग्देल, निरिक्षणधिकृतको कार्यालय
२२. पवनराज घिमिरे, बाहिनीपति २३ बाहिनी
महासेनानी
१.अनुपजंग थापा बाहिनीपति २८ बाहिनी
२.भुपालमान अधिकारी,अनुसन्धान र विस्तार निर्देशनालय