Logo

विष्णु र गोकुलमध्ये को झुटोः के यो क्याबिनेट थिएन ?



काठमाडौं । भाद्र ९ गते दिउँसो १ बजेर २६ मिनेटमा सामाजिक सञ्जालमार्फत् एउटा खबर आयो । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले तस्विरहरुसहित लेखे, सिंगापुरदेखि काठमाडौंः पहिलो पटक टेलिप्रिजेन्स मार्फत् मन्त्रिपरिषदको बैठक बस्दै । उनले सिंगापुरमा बसेर राखेको तस्विर थियो त्यो । तस्विरमा प्रधानमन्त्री केपी शर्मा ओली देखिन्छन् । उनको अगाडि ल्यापटम हुन्छ र त्यो भन्दा अगाडि टेबुलमा ठूलो स्क्रिन । स्क्रिनमा सरकारका मन्त्रिहरु देखिएका छन् ।

पौडेलले पोष्ट गरेको तस्विरको लहरमा शुरुमा कार्यवाहक प्रधानमन्त्री समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल देखिन्छन् । ठिक पछाडि मन्त्रिहरु भानुभक्त ढकाल, योगेश भट्टराई, लालबाबु पण्डित र विना मगर देखिन्छन् । पण्डितको ठिक पछाडि सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा देखिन्छन् । अर्को दस्विरमा प्रधानमन्त्री बोलिरहेको देखिन्छ भने मन्त्रिहरु सुनिरहेका देखिन्छन् ।

अर्को तस्विरमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र ऊर्जामन्त्री वर्षमान पुन देखिन्छन् । ठिक पछाडि कृषिमन्त्री बलदेव देखिन्छन् । अर्को तस्विरमा गृहमन्त्री रामबहादुर थापा बादल र शिक्षामन्त्री गिरिजाजमणि पोखरेल देखिन्छन् । सिंगापुर उपचारका लागि जानुअघि मन्त्रिपरिषद्को बैठक भिडियो कन्फेरेन्सबाट गर्ने निर्णय गराए ।

तर, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारले मन्त्रिपरिषद बैठक भनेको क्षणलाई सरकारका प्रवक्ता गोकुल बास्कोटाले मन्त्रिपरिषद बैठक होइन भने । त्यो पनि संसदमा विशेष समय लिएर । सिंगापुरबाट भिडियो कन्फेरेन्सबाट मन्त्रिपरिषद्को बैठक गराएपछि सत्तापक्ष र विपक्ष दुवैबाट आलोचना भएर मात्र सरकारका प्रवक्ताले ढाँटेका होइनन् । यसले कानुनी प्रश्न उब्जाएपछि ढाँटेका हुन् । भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद बैठक राखिएपछि यसको वैधतामाथि मात्र प्रश्न उठेन राष्ट्रिय सुरक्षाको विषय समेत उठ्यो । कानुनी परामर्शपछि सरकारका प्रवक्ता हत्तपत्त संसदमा बोल्न पुगेका हुन् ।

बास्कोटाले प्रतिनिधिसभा बैठकमा सभामुखसँग विशेष समय मागेर भने, ‘जे कुरा हुँदै भएको छैन, त्यसमा भ्रममा पर्न आवश्यक छैन । त्यो मन्त्रिपरिषद बैठक होइन ।’ उनले खरो शब्दमा बोलेर ढाँटेपनि भिडियो कन्फरेन्सबाट क्याबिनेट राखिएको विषय पहिले नै खुलिसकेको छ । अब यसले गम्भीर कानुनी प्रश्नमात्र उठेको छैन सरकारको विश्वसनीयतामाथि प्रश्न उठेको छ । सरकारले जनतालाई क्याबिनेटकै विषयमा ढाँटेको छ ।
स्मरणीय रहोस् प्रधानमन्त्री ओली स्वास्थ्योपचारका लागि सिंगापुरमा छन् । उनले उतैबाट देश चलाइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्