काठमाडौं । पुस्तकालयमा राखेका किताब र विद्यार्थीले बुझाएका शोधपत्र आफु खुसी क्याम्पस प्रमुखले कवाडीलाई बेचेको पाइएको छ । स्नातकोत्तर क्याम्पसका प्रमुख महोशकुमार खत्रीले मानविकी संकाय अन्तर्गत १२ विषयका किताब र शोधपत्र कवाडीलाई बेचेको पाइएको खवर आजको कान्तीपुरमा विनोद भण्डारीले छापेका छन ।
खत्रीले ८ रुपैयाँ प्रतिकिलोका दरमा पुस्तकालयमा रहेका किताव र प्रतिक्टिल १४ रुपैयाँको दरमा चार क्विटल शोधपत्र कवाडीलाई बेचेको जनाइएको छ ।
त्यसरी पुस्तकालयमा राखेका महत्वपुर्ण किताव तथा शोधपत्रहरु विक्र गर्न आफुखुसि नपाइने भएपनि यदि विक्रि गर्नैपरे सम्बन्धित संकाय शिक्षक र विभागका प्रमुखसँग परामर्श गरेर माथिल्लो निकायको स्वीकृतिमा मुचुल्का उठाएरमात्र बिक्री गर्नुपर्ने हो ।
‘तर क्याम्पस प्रमुखले कुनै प्रक्रिया पूरा नगरी पुस्तकालयका करिब ५ हजार विद्यार्थीका शोधपत्र बिक्री गरेर गैरजिम्मेवार काम गरेको पाइयो,’स्नातकोत्तर क्याम्पस प्राध्यापक संघका सभापति टुनाराज भट्टले भने । यो समाचार कान्तिपुर दैनिकमा विनोद भण्डारीले लेखेका छन्