Logo

चरी बाघको छाला तस्कर पक्राउ



बर्दिया । चरी बाघको छाला ओसार पसार मुद्धामा संलग्न रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँसगढी नगरपालिका वडा नं. ०९ थुमनी बस्ने बर्ष शेर बहादुर चन्द रहेका छन् । बर्दिया कार्यालयबाट खटिएको प्रहरी टोलीले जि. बर्दिया बाँसगढी न.पा.९ मा १२ भदौको बेलुका अन्दाजी पाँच बजेर तीस मिनेटको समयमा फेला पारी पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय मोतिपुर बर्दिया को जाहेरीले चरी बाँघको छाला ओसार पसार मुद्दामा सम्मानित बर्दिया जिल्ला अदालतको मिति २०७५ असोज १४ गतेको फैसला अनुसार चन्दलाई नगद छ लाख जरिवाना तोकेको थियो ।

यस सम्बन्धमा आबश्यक कारबाहीको लागी १३ भदौमा जिल्ला अदालत बर्दियामा पठाईने जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot