सिन्धुली । अवैध रुपमा लगाएको गाँजाका विरुवा प्रहरीले नष्ट गरेको छ । मरिण गाउँपालिका १ बेतपानीस्थित नर्सरीमा अवैध रुपमा उमारेको गाँजाको विरुवा १० भदौको बिहान प्रहरीले नष्ट गरेको हो ।
करिब ३३ बिगाहा जग्गामा लगाउने गरी उमारेको गाँजाको विरुवा ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले फडानी गरी नष्ट गरेको जनाएको छ ।