Logo

लागूऔषध सहित पक्राउ



नवलपरासी । नियन्त्रित लागुऔषध सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका १५ मालेपाटन बस्ने दिनेश बिक, सोही महानगरपालिका ३१ बस्ने सुनिल गायक र काठमाडौं महानगरपालिका १४ बस्ने अजय सुनार रहेका छन् ।

कावासोती नगरपालिका १६ स्थित पूर्वपश्चिम राजमार्गबाट नियन्त्रित लागूऔषध फेनारगन ७५ एम्पुल, नुर्फिन ७५ एम्पुल र डाइजेपाम ७५ एम्पुल सहित उनीहरुलाई १२ भदौको बिहान प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले लु.२ ख १५७९ नम्बरको बस जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot