Logo

शालिग्रामलाई रवि लामिछानेबाट धम्की थियो ?



काठमाडौं । पत्रकार शालिग्राम पुडासैनीको २० साउनमा भएको आत्महत्यापछिको प्रकरणमा अदालतले रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई धरौटी या साधारण तारेखमा रिहा गर्दाको आदेशमा दुवै पक्षको बहसको मुख्य विषय समावेशका क्रममा एउटा पक्षले लामिछानेबाट धम्की गएको विषय प्रस्तुत गरेको समेत उल्लेख छ । ९ भाद्रमा न्यायाधीश हेमन्त रावलको एकल इजलाशले दिएको आदेशमा पुडासैनीको अस्मिता कार्कीसँगको विवाहइत्तर सम्बन्ध र त्यसले उपत्पन्न गरेको परिस्थितिबारे समेत आशंकासहितको विषय उठाएको छ ।

अदालतको आदेशमा भनिएको छ, ‘मृतकले आफैले स्वीकार गरेको यी प्रतिवादी मध्येका अस्मिता कार्कीसँगको निजको विवाहईत्तेर प्रेम सम्बन्ध र त्यो सम्बन्धलाई यी प्रतिवादी मध्येका रबि लामिछाने र युवराज कँडेलले थाहापाई निजहरुले संचालन गर्ने सिधा कुरा जनतासँग टेलिभिजनमा कार्यक्रम सार्वजानिक गरिदिने हन कि भन्ने सम्भावितभयवात्रासले आफ्नो घर परिवार वा स्वजनको ईज्जत प्रतिष्ठामा आँच आउन सक्ने दुखदायी अवस्थाको परिकल्पना गरी निजले आत्माहत्या गरेका हुन् भने त्यो मृत्युको कारण निज मृतकको आफ्नै विवाहईत्तेरको प्रेम सम्बन्ध र त्यसबाट श्रृजित तनावलाई निजले सही रुपले व्यवस्थापन गर्न नसकेको कारणले उत्पन्न भएको निजको आफ्नै उदवेलित मनोदशा जिम्मेवार थियो वा यी प्रतिवादीहरुको कार्य व्यवहार जिम्मेवार थियो भन्ने कुरा प्रस्तुत मुद्धाको अनुसन्धानबाट स्पष्ट खुलेको अवस्था छैन ।’

फैसलामा एउटा पक्षको विषयलाई यसरी उल्लेख गरिएको छ, ‘प्रमाण स्वरुप पेश गरिएको भिडियोमा मृतकले प्रतिवादीहरुले आफुलाई यो यो किसिमले धामधम्की दिए भनी उल्लेख गरेको भन्ने सन्दर्भलाई लिएर सो विषयमा यी प्रतिवादीहरुबाट त्यसरी भने बमोजिमको कुनै कार्य कसुर भए गरेको थियो वा थिएन भन्ने तर्फ प्रस्तुत मुद्धाको अनुसन्धान केन्द्रित भएको देखिदैन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot