Logo

देशलाई एनसेलले ठग्यो भन्दै रेखा थापाले भनिन् ‘राष्ट्रघाती एनसेल बहिष्कार गरौं’ (भिडियोसहित)



काठमाडौं । लोकप्रीय नायिका रेखा थापाले एनसेलले राज्यलाई ठगेको भन्दै बहिष्कार गर्न भनेकी छिन् । आफूले एनसेल प्रयोग गर्न छाडिसकेको भन्दै तीन करोड नेपाली जनतालाई एनसेल बहिष्कार गर्न भनिन् ।

प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग विशेष कुराकानी गर्दै भनिन्, ‘एनसेलले राज्यलाई अरबौं ठगेको छ , तीन करोड नेपालीले यसलाई बहिष्कार गर्नुपर्छ ।’ एनसेल मात्र नभई नेपाल र नेपालीलाई ठग्नेलाई जनताले बहिष्कार गर्नुपर्ने बताइन् । राज्यलाई ठग्नेहरुविरुद्ध आफू सधै सडकमा आउन तयार रहेको समेत बताइन् ।

एनसेल प्रकरणमा राज्य दोषी भएको उनको भनाई थियो । ‘गरिब नेपाली जनताले कर तिर्नुपर्ने तर एनसेलले तिर्नुनपर्ने ?’ उनले प्रश्न गरिन् । उनले एनसेललाई राष्ट्रघाती भनिन् । थापाले भनिन् , ‘यस्तो राष्ट्रघातीविरुद्ध सडक आउनुपर्छ । साँच्चै देशलाई माया गर्नेहरुले एनसेलको प्रयोग गर्नुहुन्न । एनसेलको प्रयोग गर्न छाडौं ।’ नेपाल आमालाई ठग्नेहरुलाई नेपाली जनताले कदापि क्षमा गर्न नहुने बताइन् ।

एनसेलले आर्जन गरेको पैसा विदेशमा पसिना बगाउनेले हेलो भनेको पैसा हो भन्दै किसान र मजदूरको रगत र पसिना चुसे बराबर भएको बताइन् । उनले भनिन्, ‘एनसेलको पैसा बुढी आमाले उठाएको फोनको पैसा हो । गरिबले मात्र कर तिर्ने ?’

हेर्नुहोस् भिडियोः



प्रतिक्रिया दिनुहोस्

Screenshot