काठमाडौं १४ भदौ । लगातारको बर्षाका कारण बाटो रोकिएपछि नेपाल चीन यातयात सम्पर्क टुटेको छ । सयौं तिर्थ यात्री र व्यवसायी अलपत्र परेका छन । गए राति परेको अविरल वर्षाका कारण पासाङल्यामु सडकको स्याफ्रुबेसी रसुवागढी सडक अवरुद्ध भएको छ । रसुवागढी सडकखण्ड अन्तर्गत टिमुरे तथा तातोपानी क्षेत्रमा माथिबाट पहिरो आउँदा सडक अवरुद्ध भएको हो ।
सडक अवरूद्व भएपछि कैलाश मानसरोवरबाट फर्केका तथा तिब्बतको मानसरोवर जाने तीर्थ यात्री र रसुवा भंन्सारबाट काठमाडौंतर्फ जान लागेका कन्टेनरहरु रोकिएका छन् ।
पानी पर्न नरोकिएकाले सडकको अवरोध हटाउन नसकिएको रसुवागढी हाईड्रोपावरले जनाएको छ ।
सडकको अवरोध हटाउने कार्य पानी रोकिएपछि गरिने भएकाले जोखिम क्षेत्रमा माथिबाट ढुङ्गा झरिरहेको हुँदा सचेत हुन जिल्ला प्रशासन कार्यालयले सबैमा अपिल गरेको छ ।