काठमाडौं ।नेपाल भ्रमण बर्षको पूर्व सन्ध्यामा देशको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सेप्टेम्बर एक देखि नोभेम्बर अन्त्यसम्मै दैनिक सात घण्टा बन्द हुने भएको छ ।
विमानस्थलका महाप्रवन्धक राज कुमार क्षेत्रीका अनुसार विमानस्थल पुर्ननिमार्णको दोस्रो चरणको काम सम्पन्न गर्न राती ११ बजेदेखि विहान ७ बजे सम्मलाई विमानस्थल बन्द गर्नु परेकोे हो ।
क्षेत्रीका अनुसार विमानस्थलको धावनमार्गको काम सम्पन्न भएपनि ट्याक्सी वे र लिङक रोड जोड्न बाँकि रहेको तथा लाटनिङको काम पनि गर्नु पर्ने भएकाले नयाँ बर्ष भित्रै पूर्णरुपमा सञ्चालनमा ल्याउने गरि आइतवादेखि काम सुचारु हुने छ ।
नेपाल भ्रमण बर्षको शुरुवातसंगै विमानस्थल पूर्ण सुधार र बुटिक एयरपोर्टको अवधारणा अनुसार सञ्चालनमा आउने छ । विमानस्थल सुधारको कार्यले भ्रमण बर्ष तथा हालै जापानको ओसाका उडान सञ्चालनमा ल्याएको नेपाल वायुसेवा निगमको उडानलाई भने कुनै प्रभाव नपर्ने उनले जानकारी गराए ।