Logo

विप्लवको सर्वोच्चलाई चेतावनी (विज्ञप्तिसहित)



काठमाडौं । प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सर्वोच्च अदालतले एनसेल कर असुलीबारे गरेको फैसलाप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सरकारकै इसरामा सर्वोच्चबाट राष्ट्रघाति फैसला भएको भन्दै उक्त पार्टीले विरोधसहितको विज्ञप्ति जारी गरेको छ ।

पार्टी महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा सरकारकै इसरामा सर्वोच्चका केही न्यायधीशहरुले आफ्नै प्रधान न्यायधीशको नेतृत्वमा गरिएको पुरा कर तिराउने फैसलालाई उल्टाउदै एनसेलले साढे १८ अर्व तिर्न नपर्ने राष्ट्रघाति निर्णय गरेको उल्लेख छ ।

सर्वोच्चको फैसलाको भर्त्सना गर्दै उक्त फैसला खारेज गर्न समेत चेतावनी दिएको छ। यदि सर्वाेच्वले फैसला खारेज नगरे विभिन्न संधर्षका कार्यक्रममा जान बाध्य हुने भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । पार्टीले भदौ १५ गतेदेखि २६ गतेसम्मका आन्दोलनका कार्यक्रम विज्ञप्तीमार्फत सार्वजनिक गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot