Logo

४९ वर्षयता जेलमा रहेका केनेडीको हत्यारामाथि आक्रमण



अमेरिकी राष्ट्रपतिका उम्मेदवार हुँदा मारिएका थिए रोबर्ट एफ केनेडी जो हत्या गरिएका अमेरिकी राष्ट्रपति जोन एफ केनेडीका भाई थिए । केनेडीको हत्यामा दोषी ठहरिएर जेल सजाय भोगिरेहेका सरहन सिरहनमाथि आक्रमण भएको छ । उनीमाथि जेलभित्र हतियार प्रहार भएको हो ।

आक्रमणपछि सिरहन गम्भीर घाइते भएको अमेरिकी सञ्चार माध्यमले जनाएको छ । उनीमाथि धारिलो हतियार प्रहार भएको छ ।
सिरहनले होटलको भान्छामा गोली प्रहार भएको थयो । क्यालिफोर्नियाको डेमोक्रयाटको प्रारम्भिक चुनावमा विजयी घोषित भएपछि उनीमाथि आक्रमण भएको थियो । हाल ७५ वर्षीय सिरहन त्यतिबेला २६ वर्षका मात्र थिए । ५ जुन सन् १९६८ को घटनामा सिरहन दोषी ठहर भएपनि कैद सजाय बिताइरहेका छन् ।

स्मरणीय रहोस् रोबर्ट केनेडीका दाजु जोन अफ केनेडीको पनि हत्या भएको थियो । भाईको हत्या हुनुभन्दा पाँच वर्ष अगाडि जोन अफ केनेडी मारिएका थिए ।- एजेन्सी



प्रतिक्रिया दिनुहोस्