Logo

रवि लामिछानेलाई निर्दोष भन्न मिल्दैन-रेखा थापा (भिडियोसहित)



काठमाडौं । नायिका रेखा थापाले अदालतले अभियुक्त भनेकाले रवि लामिछानेलाई निर्दोष भन्न नमिल्ने बताएकी छिन् । कानुनको शासन र सभ्य समाज निर्माणका लागि अदालतमाथि हस्तक्षेपको गतिविधि ठिक नभएको बताइन् ।

प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग विशेष कुराकानी गर्दै भनिन्, ‘अदालतले अभियुक्त भनेकोलाई हामीले निर्दोष भन्न मिल्दैन ।’ अदालतले निर्दोष भनेपछि मात्र रवि लामिछाने निर्दोष ठहरिने उनको भनाई थियो । थापाले शालिग्राम पुडासैनीको परिवारले न्याय पाउनुपर्ने बताइन् ।

रवि लामिछानेको समर्थनमा जनता सडकमा आएको नभई सरकारप्रतिको वितृष्णा देखिएको बताइन् । उनले भनिन्, ‘समर्थनमा जनता गएका होइनन्, राज्यप्रति अविश्वास बढेको संकेत हो यो ।

हेर्नुहोस् भिडियोः



प्रतिक्रिया दिनुहोस्

Screenshot