Logo

मध्यरातमा एटीएमबाट करोडौ पैसा चोर्ने चीनिया गिरोह पक्राउ, आजै सार्वजनिक गरिने



काठमाडौं । मध्यरातमा एटीएमबाट अनधिकृत रूपमा रकम निकाल्ने चीनिया गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

दरवारमार्गमा रहेको नविल बैंकको एटीएमबाट पैसा निकाल्दै गरेका एकजनालाई प्रहरीले पक्राउ गरेपछि उनीहरुको गिरोह नै उक्त कार्यमा संलग्न रहेको प्रहरीले पत्ता लगाउन सफल भएको छ ।

प्रहरीले आज दिउसो पक्राउ परेकालाई पत्रकार सम्मेलन गरि सार्वजनिक गर्न तयारी गरिरहेको प्रहरी स्रोतले जानकारी गराएको छ ।

पक्राउ परेकाहरुले नक्कली कार्डको प्रयोग गरि एटीएमबाट पैसा निकाल्दै आएको र उनीहरुको साथबाट १ करोड २६ लाख नगद बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त कार्यमा पाँच जनाको संलग्नता देखिएको पनि प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्