Logo

एसइई परीक्षामा उत्कृष्ट बाबु नभएका दुई जनालाई छात्रवृत्ति



काठमाडौं । नमोबुद्ध नगरपालिका प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले असहाय एवं आर्थिक अवस्था कमजोर भएका दुई जना बालकलाई उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गरेका छन ।

एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याएका दुई जना बाबु नभएका बालकलाई प्लसटु विज्ञान सङ्काय अध्ययनका लागि उक्त छात्रवृत्ति प्रदान गरिएको जनाइएको छ ।

नमोबुद्ध नपा–४ मेथिनकोटका बाबु नभएका १५ वर्षीय शिवराज चिमौरिया र नमोबुद्ध नपा–२ फूलबारीका १५ वर्षीय दिपेश गौतमलाई कक्षा ११ र १२ अध्ययनका लागि दुई वर्षको छात्रवृत्ति प्रदान गरेको नगरप्रमुख तिमल्सिनाले बताएका छन ।

एसइई परीक्षामा चिमौरियाले ए प्लस ३ दशमलव ७५ र गौतमले ए प्लस ३ दशमलव ०७ अङ्क प्राप्त गरेका थिए । बाबु नभएका दुवै जना बालकलाई यसअघि आ–आफ्ना काकाले घरायसी हेरचाह एवं विद्यालय शिक्षामा सहयोग गर्दै आएको राससमा उल्लेख छ  ।



प्रतिक्रिया दिनुहोस्