Logo

धरमूलीलाई बन्चरो प्रहारगरि १० लाखको डकैती



महोत्तरी । जिल्लाको मनरासिस्वा नगरपालिकामा गएराति हतियारीधारी डाकाको समूहले १० लाख बढीको डकैती गरेका छन् ।जिल्ला प्रहरीका अनुसार शनिबार मध्यराति आठ÷नौ जनाको सङ्ख्यामा हतियारधारी डाकाको समूहले मनरासिस्वा नपा–३ सोनौल गाउँमा दुई जनाको घरबाट लाखाँैको धनमाल लुटेर लगेका छन् ।

आधा घण्टाको समयभित्र सोनौलका रामलोचन राउत र सियारामशरण राउतको घरबाट डाकाको समूहले नगद दुई लाख ५० हजार, छ तोला सुनका गरगहना, ६० तोला चाँदीका गरगहना, मोबाइल तथा अन्य धनमाल गरी रु १० लाख बढीको धनमाल लुटेर लगेका हुन् ।

साथै डाकाको प्रतिकारमा उत्रेका धरमूली रामलोचन राउतको बाँया खुट्टामा बञ्चरोले काटेर घाइतेसमेत बनाएको प्रहरीले जनाएको छ । राति नै डकैतीको सूचना पाएलगत्तै प्रहरीचौकी इटहर्वाकट्टी र इलाका प्रहरी कार्यालय बलवाबाट प्रहरी टोली घटनास्थल पुगे पनि डाकाले सबैथोक लुटपाट गरेर भागिसकेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्