Logo

भगतसिंह कोशियारी महाराष्ट्रका गभर्नर



भारतीय जनता पार्टीका नेता भगतसिंह कोशियारी महाराष्ट्रका गर्भनर नियुक्त भएका छन् । उनलाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले गभर्नर नियुक्त गरेका हुन् ।

३१ सेप्टेम्बरमा गर्भनर नियुक्त भएका कोशियारी उत्तराखण्डका पूर्व मुख्यमन्त्री समेत हुन् । उनी नेपाल भारत प्रवुद्ध समूहमा भारतका तर्फबाट नेतृत्वमा थिए । नेपाल आइरहने कोशियारीको नेपालका नेताहरुसँग घनिष्ठ सम्बन्ध रहेको छ ।

७७ वर्षीय कोशियारी राष्ट्रिय स्वयंसेवक संघ हुँदै राजनीतिमा आएका थिए । उनी भारतीय जनता पार्टीका पूर्व उपाध्यक्ष समेत हुन् । अंग्रेजी सहित्यमा स्नातकोत्तर गरेका उनी पत्रकार र शिक्षण पेशामा समेत आवद्ध थिए ।



प्रतिक्रिया दिनुहोस्