Logo

सुनको मुल्य फेरी घट्यो



काठमाडौ । पछिल्लो समय लगातार बढीरहेको सुनको मूल्य लगातार घटिरहेको छ । सुनचाँदी व्यवसायी राष्ट्रिय महासंघका अनुसार १५ भदौमा प्रतितोला सुनको मूल्य ७२ हजार निर्धारण गरिएको छ ।

यसअघि १३ भदौमा प्रतितोला सुनको मूल्य ७२ हजार ४ सय थियो भने १२ भदौमा सुनको मूल्यले ऐतिहासिक किर्तिमानी मूल्य बनाएको थियो । १२ भदौमा नेपाली बजारमा प्रतितोला सुन ७३ हजार ४ सयमा कारोबार भएको थियो । त्यसपछि भने सुन लगातार ओरालो लागिरहेको छ ।
तेजावी सुनको मूल्य प्रतितोला ७१ हजार ७ सयमा कारोबार भएको छ । १३ भदौमा तेजावी सुनको मूल्य ७२ हजार १ सय थियो । अन्तर्रा्ष्ट्रिय बजारमा सुनको मूल्य घटेपछि नेपाली बजारमा पनि त्यसको असर देखिएको छ ।

चाँदीको मूल्य भने यथावत नै रहेको छ । १३ भदौमा प्रतितोला ८ सय ८५ मा कारोबार भएको थियो ।
सुनचाँदीको मूल्य लगातार घटेपनि सुन व्यवसायीहरु गरगहनाको कारोबार ठप्प भएको बताउँछन् ।



प्रतिक्रिया दिनुहोस्