काठमाडौं, १५ भदौ । सर्लाही र विभिन्न ठाउँका गरिब, सोझा सिधा जनतालाई जाली ऋण पत्र बनाएर ठगी गरेको आरोपमा सर्लाहीका (श्याम परदेशी) भनिने श्यामकृष्ण साह कलवारलाई प्रहरीले आज पक्राउ गरेको छ।
कलवारलाई प्रहरीले आज सर्लाही प्रहरीले नियन्त्रणमा लिएको हो। उनी मलंगवा नगरपालिका–४ का वासिन्दा हुन् । परदेशीले आफ्नै स्थानीय गरिब, सोझा, सिधा जनतालाई जालसाँझी गरेर नक्कली तमसुक बनाएर ऋणको जालोमा पारेका थिए । पीडितहरुले गत मंगलबार रिपोर्टर्स क्लब नेपालमा श्याम परदेशीविरुद्ध पत्रकार सम्मेलन गरेर आफूहरुलाई न्याय दिलाउन सरकारसँग अपिल गरेका थिए ।
परदेशीको जाली तमसुकको शिकार बनेकी पीडित रुक्मीणी चौधरीको जाहेरीका आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । यही भदौ ५ गते चौधरीले परदेशीविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन्। साहमाथि सयौं सोझा सिधालाई कपाली तमसुक बनाएर ठगी गरेको आरोप लागेको छ। करिब १ सय ५० जना स्थानीयहरुलाई परदेशीले अन्याय गरेको आरोप छ ।
Related News:
करोडौंको किर्ते ऋण कागज बनाई सर्लाहीका सयौंलाई शोषण गरेको भन्दै भदौ ११ गते माईतीघरमा धर्ना घोषणा