Logo

मलेशिया रोजगारी खुलाउन सरकारलाई थप सकस



काठमाडौं । १५ महिनादेखि ठप्प रहेको मलेशियाको रोजगारी खुलाउन सरकारलाई थप सकस परेको छ । मेशियाले आफ्नो पुरनौ संस्थाबाट मात्र स्वास्थ परिक्षणको कामा गर्नुपर्ने पत्र पठाइपनि रोजगारी खुलाउन सरकारलाई सकस थपिएको हो ।

यसअधि मलेशियाली पक्षल नेपाली स्वास्था संस्थाले परीक्षण गरेका कामदारलाई पनि लिने बताएको थियो । सरकारले पुराना ३६ सहित १२२ स्वास्थ संस्थाको सुचिकरण तयार पारेको थियो । तर, हालै मात्र मलेशियाली दुतावासले आफ्नो पुराना ३७ संस्थाले गरेको स्वास्थ परिक्षणलाई मात्र मान्यता दिने पत्र पठाएको छ ।

‘उक्त पत्रमा कुनैै पनि वाहाना नबनाई पुरानै स्थास्था संस्थाबाट स्वास्थ परिक्षण गराएर कामदार पठाउन भनिएको छ ।’ यसबाट मलेशियाको रोजगार खुलाउन सरकारलाई थप समय लाग्ने देखिएको श्रम तथा रोजगार मन्त्रालयका अधिकारीहरुको भनाई रहेको छ ।

स्वास्थ परिक्षण र भिसा प्रक्रियाका नाममा बढी पैसा असुलेको आरोपमा मलेशियाको एजेन्ट मार्फत कामदार पठाउन सरकारले रोकेको थियो ।लामो समयसम्म मलेशियाको रोजगारी नखुल्दा हजारौ नेपालीको रोजगारी गुमिरहको छ । आजको आर्थिक अभियानमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot